भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गर्न कर्मचारी र जनप्रतीनीधीलाई आयुक्त जयबहादुर चन्दको अपिल

दर्पण दैनिक २९ मंसिर २०८०,०८:२३
post

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त चन्दले सार्वजनिक पदमा बसेका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको सुख, शान्ति र समृद्धिमा समर्पित गर्न सल्लाह दिए ।


महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख सहभागी रहेका सो कार्यक्रममा आयुक्त चन्दले भ्रष्टाचार गर्ने कसैको पनि भलो हुँदैन र भ्रष्टाचार गरे आफू र आफ्ना आउँदा सन्ततिले त्यसको परिणाम भोग्नुपर्ने निश्चित रहेको भन्दै आजैदेखि सबैले आ-आफ्नो तर्फबाट भ्रष्टाचार नगर्ने/नगराउने प्रतिबद्धता जाहेर गर्न अपिल गरे ।

आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको सो कार्यक्रमलाई जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीलाई कारबाहीका लागि मात्रै नभई जिम्मेवारी गराउने र मार्गदर्शनको कामसमेत गर्ने संस्था रहेको बताए । रासस

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: