काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको माला लगाइएको छ । एमाले रौतहट जिल्ला कमिटीको दसौँ अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको हो ।
गरुडस्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google