आईजीपी फेर्ने हल्ला मात्रै : प्रधानमन्त्री

दर्पण दैनिक ४ असार २०८१,१३:१०
post

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता समीकरणमा खटपट नभएको दावी गरेका छन् । बजेटका सन्दर्भमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि सामान्य भएको बताउँदै प्रधानमन्त्री दाहालले समीकरण निरन्तर रहने बताए ।

एमाले अध्यक्ष ओलीले सरकारको विरोध जनाएको प्रसङ्गमा दाहालले सामान्य भएको बताए । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सत्ता समीकरणबारे बाहिर आएको कुरामा सत्यता नभएको दावी गरे । ‘ओलीजीले विरोध गर्नु भएको होइन, गरे जस्तो मात्रै गर्नु भएको हो । त्यस्तो केही भएको छैन,’ उनले भने, ‘सत्ता समीकरणमा कुनै खटपट आएको छैन । कतिपय सन्दर्भमा मिडियामा आएका कुरामा सत्यता छैन । यो समीकरण राम्रैसँग अगाडि बढ्छ ।’

सरकारको गतिविधि चित्त बुझ्दो भएको बताउँदै आवश्यकता अनुसार अझ काम गर्न बाँकी रहेको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा आएको बताए । ‘नीति तथा कार्यक्रम जनताको पक्षमा प्रस्तुत भएको छ । मलाई लाग्छ यो प्रतिनिधिसभाबाट राम्रैसँग पारित हुन्छ,’ दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक पहल भएको छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझ गति दिन आवश्यक छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरिक्षक परिवर्तन नहुने बताएका छन् । उनले आफूले केही दिनअघि तीन वटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिए । ‘मैले अस्तीको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नूस् भनिसकेको छु,’ प्रचण्डले भने, ‘त्यही गतिमा उहाँहरूले काम गर्नु भएको छ । यो हल्ला मात्रै हो ।’

गोजीमा राजीनामा पत्र राखेर हिँडेको रास्वपाका मन्त्रीको भनाईलाई इंगित गर्दै प्रधानमन्त्री दाहालले त्यो पहिचानको लागि मात्रै भनेको जिकिर गरे । सरकारको निरन्तरतामा कुनै असर नभएको उनको भनाइ छ । ‘रास्वपाले पहिचानको लागि भन्नै पर्ने आवश्यकता होला भन्ने बुझेको छु । त्यस्तो अरु केही छैन,’उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: