अब केन्द्रदेखि प्रदेशसम्म हाम्रो गठबन्धन सरकार बन्छ : गगन थापा

दर्पण दैनिक १६ फाल्गुन २०७९,११:४३
post

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने बताएका छन् । गत पुस १० को गठबन्धन भत्काइएकोले अब चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने थापाले बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ,’ काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ । पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ । अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो ।’

उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए ।

‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं । यो हुनैपर्थ्यो । जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन । काम गर्नुपर्छ, काम गर्न सकिएन भने कसैलाई दोष दिने ठाउँ पनि बाँकी रहँदैन,’ उनले भने । उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए ।

‘माधव नेपालजीले चाहनुभएको भए राष्ट्रपति हुन जान सक्नुहुन्थ्यो तर जानुभएन,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पुस १० कै गठबन्धन बलियो बनाएको भए धेरै वर्ष प्रधानमन्त्री हुन पाउनु हुन्थ्यो तर राष्ट्रपति कांग्रेसलाई समर्थन दिएर यतै आउनुभयो ।’

चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको पनि थापा बताउँछन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: