स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्नेमा ज्ञानबहादुर शाहीकाे जोड

दर्पण दैनिक १८ असार २०८१,१३:४७
post

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका हुन् । 


उनले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए । उनले दलका नेताहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । उनले स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्नेमा जोड दिए ।

उनले भने,– ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरूलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् ? हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरूलाई स्वतन्त्र छोडिदिऊँ । आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरूलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहीन राजनीति होस् ।’

उनले मन्त्रीहरूले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरू बढी गरिरहेका भन्दै संसद्को भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनी लेखेर राख्न माग गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: