काठमाडौँ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ ।
जहाज रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो । जहाजमा १५ जना रहेको प्रारम्भिक जानकारी रहेको छ । ११ बजे दुर्घटनामा परेलगत्तै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।
बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google