
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले आजबाट पदभार ग्रहण गरेका छन् । स्वागत कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वृत्तचित्र प्रद्धर्शन गरी ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पारे ।
पदभार सम्हाल्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए । प्रहरी नायव महानिरीक्षक पोखरेल यसअघी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा केन्द्रीय प्रवक्ताको रुपमा कार्यरत थिए ।









































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)























































-1787461102.jpg)


.jpeg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google