यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका १० उम्मेदवार (सूचीसहित)

दर्पण दैनिक २३ पुष २०८०,०८:१०
post

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार मध्यरातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चार जना संस्थापनइतर पक्षका छन् ।

कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् ।

बागमती प्रदेशमा अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपाङ्गता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् ।

लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । उनका अनुसार सोमबार सातै प्रदेशमा उम्मेदवारको मनोनयन गर्ने तयारी छ ।


कांग्रेसका उम्मेदवार सूची

कोशी प्रदेश —  कृष्णप्रसाद सिटौला  (अन्य)

मधेश प्रदेश — आनन्दप्रसाद ढुंगाना (अन्य)

बागमती प्रदेश— 
जीतजंग बस्नेत (अन्य)
श्री विष्णुदेवी पुडासैनी  (महिला)


गण्डकी प्रदेश— 
किरणवावु श्रेष्ठ (अन्य)
श्री पदमबहादुर परियार (अपाङ्गता÷अल्पसंख्यक)

लुम्बिनी प्रदेश —  विष्णुकुमारी सापकोटा (महिला)

कर्णाली प्रदेश—  कृष्णबहादुर रोकाया (अन्य)

सुदूरपश्चिम प्रदेश—  
बलदेव बोहरा (अन्य)
नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: