काठमाडाैं । नेकपा (एमाले) केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भावी राष्ट्रपति एमालेकै हुने बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार भेटघाटमा एमालेले प्रस्ताव गरेको व्यक्ति नै वर्तमान सत्ता गठबन्धनको साझा उम्मेदवार हुने उनले बताए ।
सचिव भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त हुनुपूर्व राष्ट्रपति एमालेले लिनुपर्ने भनिसकेकाले समस्या नरहेको बताए ।
‘राष्ट्रपतिका कारण अहिलेको सत्ता गठबन्धन भत्किए पनि एमाले प्रतिपक्षमा बस्न तयार छ, २०८४ मा हुने चुनावमा बहुमतसहित सत्ताको नेतृत्व गर्छौँ,' उनले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धन भत्किँदा थाहा नपाएकाहरू अहिले खुलेआम भत्काउन लागेका छन्, बरु भत्काउन विदेशीहरू लागेको सुन्दैछौं ।’
कांग्रेसले बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नदिएपछि प्रचण्ड आफैँ एमालेलाई खोज्दै आएको उनले टिप्पणी गरे ।
‘प्रधानमन्त्री र सभामुख आधा–आधा कार्यकाल गरौं भन्ने प्रचण्डजी नै हो, एमाले राष्ट्रपति माग्न गएको होइन, मलाई प्रधानमन्त्री दिनुस् राष्ट्रपति लैजानुस् भनेपछि पुस १० गते नयाँ कोर्स अघि बढेको हो,’ सचिव भट्टराईले भने ।
पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को कर्णाली प्रदेश संयोजकका रुपमा उनी सुर्खेत आएका हुन् ।
यस अभियानमा एमालेले ७९ पालिकामा ४० जना केन्द्रीय सदस्य, केन्द्रीय विभागका सदस्यहरूलाई परिचालन गरेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google