काठमाडौं । कांग्रेस नेता एवम् सांसद चन्द्र भण्डारीको आज दुई शल्यक्रिया हुने भएको छ। चिकित्सकलाई उद्दृत गर्दै उपचारमा समन्वय गर्न मुम्बई गएका कांग्रेसका नेता योगराज कँडेल चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको जानकारी दिदै आज दुई शल्यक्रिया हुने बताएका छन् ।
नेता भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भण्डारीको शुक्रबार बिहान १०:३० बजे पहिलो र दिउँसो १:३० मा दोस्रो शल्यक्रिया गरिने भएको छ ।
डा. सुनिल केस्वानी, डा. सन्दीप मिस्त्री, डा. अमुलका अनुसार अहिले भण्डारीको पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेण्टिलेटरमै राखेर उपचार गरिने र उनलाई एण्टीबायोटिक्सलाई निरन्तरता दिने र शरिरमा फ्लुडको मात्रा डबल गर्ने चिकित्सकले बताएको मुम्बईमै भण्डारीको साथमा गएका कँडेलले जानकारी दिएका छन् ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्यास विष्फोट हुँदा भण्डारीका आमा छोरा घाइते भएका थिए । ग्यास ‘लिक’ भएको बेला बिजुलीको स्विच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
८६ वर्षीया हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १०:५७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ । सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत अपराह्न भारतको मुम्बई लगिएको थियो ।










































































































































































































































































.jpg)















































































































































.jpg)










































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google