काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंको सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट शाक्य सभापति निर्वाचित भएका हुन् । सभापति पदका उम्मेदवार सुरेश सापकोटालाई ६९ मतान्तरले पराजित गर्दै शाक्य विजयी भएका हुन् । शाक्यले २५१ मत प्राप्त गरे भने सापकोटाले १८२ मत पाए ।
यसैगरी उपसभापतिमा स्वयम्बर खड्का २११ मतलाई पराजित गर्दै रबिन्द्र गौतम २१६ मतसहित विजयी भएका छ ।
सचिवमा सन्तमान महर्जन २९७ मत सहित विजयी भएका छन् । पराजित रमेश न्यौपानेले १३१ मत पाए ।
सहसचिवमा सौरभ बस्नेत ३२५ मतसहित विजयी भए । प्रतिद्वन्द्वी गणेश थापाले ९५ मत पाए ।
सदस्यमा सम्शेरबहादुर श्रेष्ठ १८२ मत, केदारप्रसाद रैला १६६ र बलराम कार्की २३६ मत ल्याएर निर्वाचित भएका छन् ।
काठमाडौंमा ५२८ मतमध्ये ४३८ मत खसेको थियो । ४३३ मत सदर भयो भने ५ मत बदर भएको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google