राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्ला सभापतिमा चित्रकुमार कार्की निर्वाचित भएका छन् । उल्टो मोटरसाईकल यात्रा, टेनिसलगायत विभिन्न विधामा गिनिज बुक वल्र्ड अप द रेकर्डमा नाम दर्ज गराउन सफल उनी रास्वपा उदयपुरको सभापति चयन भएका हुन् । उनी मेची-महाकाली उल्टो मोटरसाईकल यात्रीका रुपमा चिनिने गर्छन् ।
त्यस्तै उपसभापतिमा अनिल कुमार श्रेष्ठ, सचिव सुर्य लामा, सहसचिव सुर्यकुमार राई, कोषाध्यक्ष कौशीला कार्की तथा सदस्यहरु रितराज गिरी, सशिला थापा, तेजमान विक, किरण राउत, हेम कुमारी चौधरी, श्याम बहादुर कार्की, राजेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google