बाढी पहिरोमा ज्यान गुमाउने ७८ जनाकै परिवारसम्म पुग्ने काभ्रे कांग्रेसको निर्णय

दर्पण दैनिक ४ कार्तिक २०८१,०७:३८
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेले बाढी र पहिरोको कारण ज्यान गुमाएका काभ्रेमा ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ । शुक्बार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै ७८ जनाकै परिवारसम्म पुग्ने निर्णय गरेको हो । 

जिल्ला कार्यसमितिको बैठकले  मृतकका परिवारलाई समवेदना प्रकट गर्न र अवस्था बुझ्न १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नै पुग्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए । 

उनले भने, ‘यसअघि उद्धार, राहत र सहयोग लिएर सम्बन्धित पालिकामा हामी, पार्टीका साथीहरु र भातृ संगठनहरु पुगिसकेका छौं, मृतक सबैका परिवारलाई समवेदना दिन र अवस्था बुझ्न जिल्ला कार्यसमिति र पार्टीका नेता कार्यकर्ताहरु अनिवार्य जाने निर्णय गरेका छैँ ।’

बैठकले बाढी र पहिरो प्रभावित काभ्रेका १३ वटै स्थानीय तहलाई विपद संकटग्रस्त पालिका घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको लामाले बताए । लामाका अनुसार विपद प्रभावित काभ्रेमा खानेपानी, सडक पूर्वाधारको समस्या भएको भन्दै कांग्रेसले तत्कालको लागि अनुदान पठाउन पनि माग गरेको छ । विपदपछिको उद्धार, राहतमा खटिने पार्टीका नेता कार्यकर्ता र सम्बद्ध सबैमा कांग्रेसले आभार पनि प्रकट गरेको छ ।

असोज दोस्रो साताको अविरल बर्षाले बाढी र पहिरोको कारण काभ्रेमा ७८ जनाले ज्यान गुमाएका थिए । 


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: