काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।
असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो । सो सुझावअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।
त्यस्तै लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ ।
११ बुँदे निर्देशन
प्रस्तुत विषयमा मिति २०८१/०३/२८ गते नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९, सिमलतालमा पहाडबाट बग्दै आएको डेब्रिज सहितको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर वेपत्ता भएको घटनाको सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्नका लागि यस मन्त्रालयका सहसचिव श्री छवि रिजालको संयोजकत्वमा गठित कार्यदलले मिति २०८१/०४/२२ गते माननीय गृहमन्त्रीज्यू समक्ष पेश गरेको प्रतिवेदनमा उल्लेख भएका तहाँसँग सम्बन्धित तपसिलका विषयहरु कार्यान्वयनका लागि उक्त प्रतिवेदन समेत यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।
१. यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने।
२. अनलाईन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्ने। यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यवहारमा उतार्ने।
३. सम्पूर्ण सवारी साधनमा GPS Tracking प्रणाली जडान गर्ने। तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने।
४. आ-आफ्ना सार्वजनिक सवारी साधनमा CCTV र Transponder को व्यवस्था गर्ने।
५. सम्पूर्ण चालक तथा सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब/ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने।
६. शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरुलाई प्रशिक्षित गर्ने।
७. चालकहरुलाई सुरक्षित ड्राइभिङ्ग सम्बन्धी नियमित रूपमा तालिम दिने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्ने।
८. लामो बाटोमा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तिमा दुई जना चालक राखे व्यवस्थाको पालना गर्ने।
९. यातायात व्यवसायी तथा मजदुरहरुको आचार संहिता (Code of Conduct) बनाई लागू गर्ने।
१०. चालक तथा सहचालकको लागि पोशाक तथा परिचयपत्रको व्यवस्था गर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीहरुले अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउनुपर्ने।
११. मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने।
१२. सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने।










































































































































































































































































.jpg)















































































































































.jpg)









































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google