बजेट परिमार्जन हुनुपर्छ : माओवादी सांसद शर्मा

दर्पण दैनिक ६ असार २०८०,१७:०९
post

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् । मङ्गलवार विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफलका क्रममा शर्माले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘अहिलेको बजेट व्यवस्थापनको हिसाबले हेर्दा अझै केही मिल्न सकिराखेको छैन । यसलाई अर्थ मन्त्रालयले केही परिमार्जित गरेर र मिलाएर गुनासाहरूलाई सम्बोधन गरेर जानुपर्छ । यो कुरा जनस्तरमा समेत व्याप्तरुपमा चलेको छ  र यो आवश्यक पनि छ ।’ 

शर्माले अर्थ मन्त्रालय देशको समग्र आर्थिक भविष्यसँग जोडिएको मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयले उठेका गुनासाहरूको सम्बोधन गर्नुपर्ने धारणा राखिन् । 

यस्तै अनौपचारिक करहरू बढेको गुनासो बढेको उल्लेख गर्दै सांसद शर्माले यसमा सुधार गर्ने ठाउँ छ भने सुधारेर जानु हितकर हुने धारणा राखिन् । 

शर्माले सबै जिल्लालाई समानुपातिक ढङ्गले बजेटको व्यवस्था हुनुपर्नेमा पनि जोड दिइन् । उनले भनिन्, ‘आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।’ 

शर्माले देशमा रोजगारीको अभावमा लाखौँ नेपाली बर्सेनि बिदेसिन बाध्य रहेको उल्लेख गर्दै उनीहरूलाई स्वदेशमै रोक्ने नीति नै अहिलेको आवश्यकता भएको बताइन् । यस्तै बिदेसिन बाध्य श्रमिकको सुरक्षामा ध्यान दिँदै श्रम तथा रोजगारलाई व्यवस्थित र भरपर्दो बनाउनु अहिलेको आवश्यकता भएको पनि बताइन् । वैदेशिक रोजगारीको समस्या समाधानका साथसाथै मर्यादित रोजगारीका लागि थप पहल र बजेट व्यवस्थापन हुन जरुरी रहेको उनले धारणा राखिन् । 

यस्तै सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै जनतालाई आश्वस्त तुल्याउने गरी कार्यक्रम आउनुपर्नेमा पनि जोड दिइन् । ‘कोखदेखि शोकसम्म भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम आउनुपर्छ’, उनले भनिन्, ‘छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बिमा लगायतका क्षेत्रमा प्रदान गरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।’

यस्तै सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय पूर्वाधार सेवा तथा सुविधा उपलब्ध हुने गरी सहर विकास गर्न बजेट केन्द्रित गरिनु  सकारात्मक रहेको उनले बताइन् ।

तर, सहर विकास गदै गर्दा व्यवस्थित र योजनाबद्ध हुनुपर्नेमा उनले जोड दिइन् । ‘नत्र १०–१२ वर्षदेखि जसरी योजना थन्किरहेका छन्, फेरि पनि उही अवस्था आइरहन्छ’, उनले भनिन् ।  

यस्तै सहर क्षेत्रमा प्रदूषणको समस्या विकराल बन्दै गएको भन्दै उनले वातावरण सन्तुलनलाई पनि ध्यान दिएर अघि बढिनुपर्नेमा जोड दिइन् । 

यस्तै खानेपानीको स्रोत बचाउन वृक्षारोपणसहितका कार्यक्रम गर्नुपर्ने, देशभर शुद्ध पानीको वितरण गर्नुपर्ने, मेलम्चीलाई व्यवस्थित बनाएर उपत्यकावासीलाई सहज पानीको आपूर्ति गरिनुपर्नेलगायतमा पनि उनले जोड दिइन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: