तेस्रो लगानी सम्मेलनमा चलिरहेकै समयमा माधव नेपालले भने - 'नेपालमा लगानीका वातावरण नै भएन'

दर्पण दैनिक १७ बैशाख २०८१,१६:४६
post

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताएका छन् । तेस्रो लगानी सम्मेलन जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो । उनले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।


नेपालमा अनाआवश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो । उनले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए ।


अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘त्यसो हुनाले हाम्रो नेपाली समाजमा जुन भ्रष्टाचार भइराखेको छ। राज्य प्रणालीहरु अत्यन्तै भ्रष्ट भएका छन् । यसमा कसरी व्यापक सुधार गर्ने हो ? हाम्रो चासो र चिन्ताको विषय त्यही छ । हाम्रो देशमा किन उत्पादन बढिरहेको छैन, लगानी किन प्रवर्द्धन भईरहेको छैन ?’


उनले थपे, ‘अहिले वैदेशिक लगानी लगानी सम्मेलन चलिरहेको छ । स्वदेशी, विदेशी दुवै लगानी । वैदेशिक लगानी मात्रै होइन, स्वदेशी पनि । विभिन्न देशकाहरु पनि आएका छन्। नेपालमा लगानी गर्न चाहन्छन् । अनि लगानी गर्न आउनेहरु उत्साहित हुँदैनन्। कारण के हो ?’ अध्यक्ष नेपालले नेपालमा लगानी प्रवर्द्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: