
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजीपी) रमेश खरेलमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अभियन्ता युवराज ‘सफल’ले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्वडिआइजी खरेललाई कारबाही गर्न आयोगमा उजुरी दिएका हुन् ।
सफलले आयोगमा गरेको उजुरीमा भनिएको छ, ‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको र कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु ।’
साथै सफलले विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको ३५ किलो सुन लगायत अहिलेसम्म जफत भएको सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको उजुरीमा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google