
काठमाडाैं । बहुमत जुटाउन सक्ने स्थिति नभएपछि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । सर्वाेच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) अनुसार उनी दोस्रोपटक मुख्यमन्त्री भएका थिए ।
कार्कीले विश्वासको मतका लागि निवेदन दर्ता गराएकोमा प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् । एमाले सहकार्यका लागि छाती खुलाएर प्रतिपक्षमा रहन तयार पनि तयार रहेको उल्लेख गर्दै उनले प्रदेशलाई मध्यावधितर्फ नडोर्याउन आग्रह गरे । अब कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्ने छन ।
जानी नजानी कोशीको राजनीति जटिल स्थितिमा पुगेको उल्लेख गर्दै उनले भने, 'कसैको बहुमत छैन । एमालेले के कस्तो त्याग गर्दा सहमति सहकार्य हुन्छ, तत्काल मध्यावधिमा जानुपर्दैन, त्यसका लागि हामी तयार छौँ ।'
संविधानको धारा १६८(५) अन्तर्गत पुनः मुख्यमन्त्री हुन नपाउने सुझावपछि उनले प्रदेशसभामा राजीनामा दिएका हुन् ।प्रदेशसभाबाट विश्वासको मत लिने दिन शनिबार बिहान बसेको प्रदेश बैठकमा सम्बोधन गर्दै प्रदेश संरचनालाई बदनाम गर्ने स्थिति आउन नदिन एकजुट हुन आव्हान गरेका छन् । मुख्यमन्त्री कार्कीले भने, 'कसैलाई निषेध गर्ने पक्षमा एमाले छैन । कसैको प्रष्ट बहुमत नपाएपछि मार्गप्रशस्त गर्न उपयुक्त हुने ठानेको छु ।'
संविधान मिचिँदा अदालतको ढोका ढक्ढकाउनुपर्ने देखिएको उनले बताएका छन् । '१२ दिन बजेट होली डेको स्थिति आयो । हामीले सच्याएका छौँ' उनले भने, 'अदालतले हामीलाई सच्यायो । ठीक ठाउँमा ल्यायो ।'
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।



































































































































































































































































































































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)























































































































































1691312161.jpg)
















































































































































































































































































.jpg)
































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google