काठमाडाैं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिब्यूरो बैठक आज पार्टी कार्यालय आलोकनगरमा बसेको छ । दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखेका छन् । ५ भदौमा सुरु हुने केन्द्रीय कमिटीका एजेन्डा तय गर्न पोलिटब्यूरो बैठक बसेको हो ।
आज अध्यक्ष र केही सदस्यहरूले बोलेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकमा अध्यक्ष नेपालले सबै चुनौतीहरूको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको बताएका छन् । उनले बैठकमा भने, ‘नेकपा एकीकृत समाजवादी समयको माग हो, यसको महत्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट बिचारधाराभित्रको उत्तम विकल्प हो ।’
अध्यक्ष नेपालले पार्टी सदैब राष्ट्रियताको रक्षा र सम्वर्द्धन गर्न, जनजीविकाका संघर्ष गर्न, समाजवाद धेय पूरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागिरहने बताए । उनले भने, ‘पार्टी सधैँभरि भ्रष्टाचारका विरुद्धमा छ । नेपाल सरकारलाई पनि आजको भ्रष्टाचार विरोधी कार्यलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछु ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google