रास्वपाको बागमती प्रदेश सभापतिमा लामिछाने निर्वाचित, कति पाए मत ?

दर्पण दैनिक ८ फाल्गुन २०७९,१४:३६
post

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् । कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।

आइतबारै राति सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा दिपक बिकले १२३, डा.अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईले १७ मत प्राप्त गरेका थिए ।

सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरु लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो ।

आइतबार साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । यसअघि नैं बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनित सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।

यसैगरि प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ । यसअघि गएको पुस १७ गते रास्वपा केन्द्रीय समितिले मकवानपुर सभापति राजकुमार न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनको समयमा पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९