गणतन्त्र ल्याउने लडाकुको अपमान नगर्न माओवादी सांसद सापकोटाकाे चेतावनी

दर्पण दैनिक १५ बैशाख २०८०,१५:५९
post

काठमाडौं । माओवादी केन्द्रका तर्फबाट निर्वाचित सांसद माधव सापकोटाले दुईलाखसँग जोडेर माओवादीका लडाकुको अपमान नगर्न चेतावनी दिएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा जीवन आहुती दिन तयार भएर लागेका लडाकुका लागि दुईलाखले केही नहुने भन्दै उनीहरूको अपमान नगर्न चेतावनी दिएका हुन् । 

'तपाईको दुई लाख पैसाले महान युद्ध लडेका लडाकुहरू (जसले युद्ध लडेर ल्याएको गणतन्त्रमा तपाई हुनुहुन्छ) तीनलाई अपमान गर्ने ?,' सापकोटाले भने, 'जसले लडेर ल्याएको व्यवस्थामा तपाई हुनुहुन्छ, त्यसैमा उहाँहरूलाई अपमानित गर्ने छुट तपाईलाई छैन ।' 

उनले अहिले पनि गोली शरीरमा बोकेर हिडिरहेको, उपचार गर्न नसकेकाहरूको अवस्था दर्दनाक भएको भन्दै उनीहरूको अवस्थालाई मजाकमा नलिन आग्रह गरे । 

सापकोटाले यति भनेर माओवादीका अयोग्य लडाकुहरूलाई दुईलाख दिने निर्णय २०७३ सालको सरकारले बजेटमै गरेको भन्दै त्यो बजेट ल्याउने अर्थमन्त्रीको पार्टी नेकपा (एमाले) अहिले विरोधमा रहेको बताए । 

उनले अहिलेको सरकारले त्यही बेलाको कार्यक्रम कार्यान्वयनको कार्यविधि मात्र बनाइरहेको पनि स्मरण गराए । 

'अहिले अयोग्य लडाकुको विषयमा जे कुरा उठिरहेको छ । यो कुरा ०७३ साल जेठ १५ गते शनिबार माननीय अर्थमन्त्री विष्णु पौडेललेले ल्याएको बजेटको १९ नम्बरमा बुँदामा समेटिएको थियो,' सापकोटाले भने । 

उनले त्यति भनेर त्यसबेलाको बजेट वक्तव्यको १९ नम्बर बुँदा पढेर सुनाएका थिए । उनले त्यो बुँदामा ‘अयोग्य तथा स्वेच्छिक अवकाशमा गएका लडाकुहरूलाई रकम उपलब्ध गराउन दुईलाख विनियोजन गरेको छु’ भन्ने वाक्यांशको पढेर हेर्दा यस अघि बोलेको पौडेल बाहिरिसकेका थिए । 

'माननीय विष्णु पौडेल भर्खरै निस्कनुभएको छ । उहाँले ल्याएको बजेटमा यस्तो उल्लेख छ । त्यसपछि यसविरुद्ध सर्वोच्चमो रिट गएपछि यो कुरा केही समय थाती रहेको थियो । त्यसमा ०७८ फागुन १ मा सर्वोच्चबाट रिट खारेजसँगै निर्देशनात्मक आदेश आएको छ,' सापकोटाले भने, 'सर्वोच्चको रिट खारेज गर्दै पुरानै वक्तव्य र विनियोजन ऐनअनुसार कार्यान्वयन गर्न पत्र पठाएपछि सरकारले अहिले कार्यविधि मात्र बनाएको हो ।' उनले सत्यतथ्को कुनै खोजविन नगरीकन अरुमाथि दोषारोपण मात्र गरिरहेको उल्लेख गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: