सुप्रिम सहकारीमा आफ्नो खाता नभएको भन्दै रविले लेखे यस्ताे स्टाटस

दर्पण दैनिक १२ पुष २०८०,१२:२८
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियाको खातामा कसले आफ्नो नाम लेखेर एक करोड रुपैयाँ डिपोजिट गरिदिएको भन्नेबारे थाहा नभएको बताएका छन् । उनले सार्वजनिक भएको डिपोजिट स्लिपमा नामसमेत प्रष्ट नभएको र आफूले कहिल्यै पनि उक्त खातामा रकम जम्मा नगरेको स्पष्टीकरण दिएका छन् ।


‘अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ’, उनले भनेका छन्, ‘फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन ।’ उनले बुटवलको सुप्रिम सहकारीमा आफ्नो खाता नभएको पनि दाबी गरेका छन् ।


उनले लेखेको स्टाटस पढ्नुहोस्


अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै म सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु ।

सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन । कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ ।

मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्‍यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्‍यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्‍यो । तर कान्तिपुरले न सुप्रिम सहकारीको कसको नाममा रहेको खाताबाट त्यो रकम ट्रान्सफर भएको भन्ने लेखेको छ, न मैले नै त्यो रकम बैँकमा जम्मा गरेको प्रमाण दिन सकेको छ ।


खाता नै नभइकन कुनै सहकारीको रकम कसैले कुनै कम्पनीको बैँक खातामा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भन्ने अति सामान्य कुरा देशको यति ठूलो मिडियाका पत्रकारहरुले नबुझेको कसरी मानौँ ?


तर हुँदो रहेछ। फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन। कसैले कैलाश सिरोहियाको नाममा कसैको बैँक खातामा रकम जम्मा गरिदियो भने दोषी त्यो मान्छे हुन्छ कि कैलाश सिरोहिया ? फेरि बैँकले एक लाख रुपैयाँभन्दा बढी नगद खातामा जम्मा गर्दा डिपोजिट गर्नेको परिचय खुल्ने कागजात पनि माग्ने कुरा त सबैलाई थाहै भएको कुरा हो । एक करोड रकम जम्मा गर्नेको हस्ताक्षर वा पहिचान हुने कागजात बैँकले राखेन होला र ? त्यसमा मेरो केही नदेखिएकै कारणले त लेखिएन होला ।


समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ । यसबाटै म यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छ । न म सहकारीको बचतकर्ता वा खातावाला हुँ, न सहकारीको पदाधिकारी । अनि मैले मसँग सम्बन्ध नै नरहेको सहकारीको रकम कसरी अर्को खातामा ट्रान्सफर गर्न लगाउने हैसियत राख्छु ? यति धेरै खोज पत्रकारिता गर्नेले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न पनि सकेन । जनविश्वास गुमाउँदै गएको आरोप लागिरहेको पत्रकारिताको केही त मान राख्दिनुस् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: