बैतडी । नेकपा(एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । नेपाल भारत सिमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्पयात्राको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने बताए । उनले भने, ‘पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रुपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google