प्रधानमन्त्री प्रचण्डले भने - ‘प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ’

दर्पण दैनिक २५ असार २०८०,१७:१७
post

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा प्रष्टिकरण दिएका छन् ।  आज (सोमबार) बसेको बैठकमा उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे प्रष्टिकरण दिएका हुन् । 


उनले प्रधानमन्त्रीको नभएर एउटा बुबाको हैसियतले बोलेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’


उनले  प्रितम सिंहसँग राजनीतिक सम्बन्ध नभएको पनि प्रस्ट पारे । उनले भने, ‘मेरो उनी सँगै कुनै नेता अथवा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई सङ्कटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्रै हो ।’

यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै प्रचण्डले २०६८/०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको बताए।

उनले आफू भावुक भएर बोलेको बताउँदै थपे, ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनें। त्यही बेलाको कुरा सम्झें। प्रितमजीले भनेको पनि सम्झें। म भावनात्मक छु नै। यही प्रचण्ड भयो, गर्नुहुन्छ के?’

उनले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधीनकाका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, प्रचण्डले प्रश्न गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: