आवश्यकता र प्रतिफलमा ध्यान नदिँदा १६ भन्दा बढी विमानस्थल बन्द : अध्यक्ष नेपाल

दर्पण दैनिक १८ पुष २०८१,१९:२५
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले लहडमा गरिएका निर्णयका कारण विमानस्थलहरूबाट अपेक्षित प्रतिफल प्राप्त नभएको टिप्पणी गरे । 

अध्यक्ष नेपालले कुनै पनि परियोजनामा लगानी गर्ने क्रममा त्यसको आवश्यकतामाथि गहिरो अध्ययन र प्रतिफलमाथि ध्यान दिनुपर्ने बताए । ‘हामी योजनाबिनै लहडको भरमा निर्णय गर्छौं, परियोजना तय गर्छौं, तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफलका लागि हो, पैसा मात्र डुबाउनका लागि होइन’, उनले भने ।

अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा निर्माण गरिएको हो भन्ने प्रश्न उठाउँदै, यसको हालको अवस्थाले प्रभावकारी सेवा दिन नसकेको तर्क गरे । ‘लुम्बिनी विमानस्थल जुन स्थानमा बनाइएको छ, त्यो चलायमान बन्न सक्ने अवस्था छैन भन्ने सबैले भन्छन्’, अध्यक्ष नेपालले थपे ।

उनले मुलुकमा १६ भन्दा बढी विमानस्थल बन्द रहेको जानकारी दिँदै हाल यो संख्या बढेर १८ पुगेको हुन सक्ने उल्लेख गरे । विमानस्थलहरूको वर्तमान स्थिति र उपयोगिताबारे प्रतिवेदन पेश गर्न सरकारलाई आग्रह गर्दै उनले त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल मात्र रहेको स्पष्ट पारे । लुम्बिनी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा उपयोग गर्न सकिने भए पनि यो काठमाडौंको विकल्प बन्न नसक्ने उनको भनाइ छ । भारतको सीमाबाट टाढा राखिएको स्थानमा प्रभावकारी विमानस्थल सञ्चालन सम्भव नहुने धारणा अध्यक्ष नेपालले व्यक्त गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: