
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई पनि समानुपातिक सांसदको सूचीमा समेटेको छ। रास्वपाले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक ५७ सांसदको सूचीमा खतिवडालाई पनि समेटेको हो। खस-आर्य महिला क्लस्टरबाट १६ जना महिला रास्वपाबाट समानुपातिक सांसद बन्दैछन्। जसमा खतिवडाको नाम पनि समेटिएको छ।
जेनजी आन्दोलनको क्रममा रसिकलाई भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनमा छाती र पेटमा गोली लाग्दा ज्यान गएको थियो । रास्वपाले खसआर्य महिला १६ जना महिला र १ पुरुषलाई सांसद बनाएको छ । जसमा महिलातर्फ रचना खतिवडासँगै समीक्षा बास्कोटा, प्रतिभा रावल, लिमा अधिकारी, विदुषी राणा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल छन् । यसैगरी यो समूहबाट पुरूषतर्फ रमेश प्रसाईँ अटाएका छन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)





















































































































































































































































































.jpg)












































































































































.jpg)




















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google