
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचन परिचालन गर्न चार दलका नेताहरू सहभागी रहेको समन्वय समिति बनाएको छ । समितिमा कांग्रेसबाट शेखर कोइराला र रमेश लेखक, माओवादीबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनीष सुमन रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठकले निर्वाचन परिचालन समन्वय समिति बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google