रास्वपाले गठन गर्‍यो ३६ केन्द्रीय विभाग, अर्थ नीति विभागमा स्वर्णिम वाग्ले

दर्पण दैनिक १८ बैशाख २०८०,१६:२३
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न ३६ वटा विभागहरु गठन गरेको छ । उपनिर्वाचनपछि पहिलोपटक बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको विभिन्न विभागहरु र तीनका प्रमुखहरु चयन गरेको हो । 

रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । जसअनुसार नीति तथा विचार विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् । 

यसैगरी मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आरएट संयोजन विभागमा विष्णु कुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन भएका छन् ।

यसैगरी आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन भएका छन् । 

यसैगरी विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गाैतम र अर्थ नीति विभागमा डा स्वर्णिम वाग्ले प्रमुख चयन भएका छन् । 

यसै गरी सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभागमा डा तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख चयन भएका छन् । 

ढकालका अनुसार पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराज भक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुल, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख चयन भएका छन् । 

यसै गरी पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार। सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको डा ढकालले जानकारी दिए ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: