
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन् । पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन् ।
उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ । जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ ।
पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए । उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)












































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google