
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गएनन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी थिएनन् ।
नेपालले शपथ बहिष्कार गरेकाे भन्दै चर्चा पाएपनि उनी काठमाडौँ बाहिर रहेकाले शपथमा सहभागी नभएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google