काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारततर्फ लागेका छन् । पार्टीका उपसभापति डीपी अर्याललाई साथमा लिएर उनी भारततर्फ प्रस्थान गरेका हुन् ।
भारतमा रहेको रास्वपाका शुभेच्छुकहरूले आयोजित कार्यक्रममा सहभागी हुन उनी भारत गएका हुन् ।
शनिवार दिल्ली र आइतबार हैदराबादमा आयोजित हुने कार्यक्रममा उनीहरू सहभागी हुनेछन् ।
लामिछानेको अनुपस्थितिमा स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google