
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह तर्फका एक जना प्रहरी नायव उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधितर्फका प्रहरी नायव उपरीक्षक दिपकराज अवस्थीलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका अवस्थीलाई सोही समूह, उपसमूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तै, प्राविधिक प्रहरी समूह तर्फका शम्भु प्रशाद कोईरीलाई सोही समूहको प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google