काठमाडौँ । कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । आज सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।
लामालाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्चले सफाइ दिएको हो । २०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए । त्यतिखेर उनलाई १ वर्ष कैद बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google