सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ : ओली

दर्पण दैनिक १९ माघ २०७९,१३:२६
post

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने उनको भनाइ छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’

प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’ उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’


राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए । उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९