काठमाडाैं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले ११ महिनापछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् । साथै यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताएका छन् । आफ्नो इमेल आइडी thapagk@gmail.com र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन उनले पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
‘करिब एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल thapagk@gmail.com अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ(नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहान्छु। जय नेपाल !’ कांग्रेसको केन्द्रीय समितिको बैठक ११ महिनापछि २ साउनमा केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google