काठमाडौं । अनेरास्ववियुको कर्णाली प्रदेश कमिटी संयोजकको जिम्मेवारी ललितजंग मल्लले पाएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार मल्लले कर्णाली प्रदेश कमिटी संयोजकको जिम्मेवारी पाएका हुन् ।
भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका मल्ल विगत लामो समयदेखि अनेरास्ववियुमार्फत विद्यार्थी हक हितको लागि लड्दै आएका विद्यार्थी नेता हुन् । उनी अनेरास्ववियुका पूर्व केन्द्रीय सदश्य समेत हुन् । उनले विगतमा कर्णलीमा माधव नेपालको एकलौटी कमिटी हुँदा ओली निकट रहेर कर्णालीमा संगठन बनाएका थिए ।
जेष्ठ ४ देखि ६ गतेसम्म बसेको अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले विभिन्न विभाग तथा प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकहरुको जिम्मेवारी तोकेको थियो । कर्णाली प्रदेशको ईञ्चार्ज संजिव धिताल, सह– ईञ्चार्ज अमर शाही र रेखा थापा, संयोजक ललितजंग मल्ल र सह संयोजक मिजास मल्ललाई जिममेवारी तोकिएको छ ।