काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभाग त्रिपुरेश्वर,परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एकजना सेवाग्राहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरू दुवैविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
राहदानी बनाएवापत सेवाग्राहीसँग सापकोटाबाट ३४ हजार घुस रकम लिएको पुष्टि भएकाले भट्टराईविरुद्ध सोही रकम बराबरको बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यसैगरी सेवाग्राही सापकोटाले भट्टराईसँगको मिलेमतोमा घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । इन्जिनियर भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएकाले सेवाग्राही सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि ३४ हजार रुपैयाँ बिगो र सजाय माग गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google