काठमाडौं । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् । सातौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन् । नरेन्द्रले १९४ मत ल्याए भने निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले १८६ मत पाए ।
उपाध्यक्षमा विष्णुविक्रम शाह १८२ मत ल्याए । निर्वाचित भए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत ल्याए । सचिवमा गोपालबहादुर नेपाली निर्वाचित भए। गोपालले १८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नरबहादुर बस्नेतले १७१ मत ल्याए ।
खुला उपसचिवमा तप्तबहादुर हमाल निर्वाचित भए। उनले १८१ मत प्राप्त गरे भने प्रतिस्पर्धी भक्तबहादुर बस्नेतले १५७ मत ल्याए । महिला उपचसचिवमा सुनीता बोहोरा निर्वाचित भइन्। उनले १९३ मत पाउँदा प्रतिस्पर्धी हरिकला जोशीले १५१ मत ल्याइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google