
महोत्तरी । नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको स्याउसहित सशस्त्र प्रहरीले तीनवटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ केजी स्याउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहतका युनिटहरूको टोलीले विशेष सूचनाका आधारमा वैशाख १९ गते उक्त सामान नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ३ सय ४५ कार्टुन स्याउ फेला परेको थियो । उक्त स्याउ ओसारपसारमा संलग्न प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडीहरू नियन्त्रणमा लिइएका छन् ।
बरामद गरिएका तीनवटै पिकअप गाडी र स्याउलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा अवैध व्यापार रोक्न सशस्त्र प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। यसअघि पनि महोत्तरीका विभिन्न नाकाहरूबाट अवैध रूपमा सामान ओसारपसार गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा खाद्यान्न र इलेक्ट्रोनिक सामानहरू बरामद गर्दै आएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



























































































































































































































































































.jpg)












































































































































.jpg)























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google