
ललितपुर । नेपाल निर्माण उद्योग परिषदको तेश्रो ललितपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले बिकट भातृ संगठनको रुपमा रहेको परिषदको बुधबार सम्पन्न तेश्रो अधिवेशनले कान्तिपुर भ्याली कन्स्ट्रक्सनका कृष्ण केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेपाल निर्माण उद्योग परिषदका केन्द्रिय सचिवालय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सोमराज तिमल्सिनाको अध्यक्षता तथा सङ्गठनका केन्द्रिय अध्यक्ष खोपनिधी लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायत संगठनका विभिन्न कमिटिमा आबद्ध निर्माण उद्योगीहरुको सहभागिता रहेको थियो ।
अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष केसीसंगै शुभम कन्स्ट्रक्सनका शंकर उप्रेती उपाध्यक्ष, बुद्धभैरव निर्माण सेवा प्रालिका सन्तोष खड्का सचिव, गंगा कन्स्ट्रक्सनका राजकुमार राणा कोषाध्यक्ष रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा विकासमान तामाङ,अर्जुन केसी,माधव थापा,राजकुमार तिमल्सिना र पवन सुवेदी चयन भएका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले निर्माण उद्योगीहरुको भूमिकाले देश विकासमा अतुलनीय भूमिका खेलेको भन्दै त्यसलाई पार्टीसँग जोडेर लानुपर्ने बताए । नवनिर्वाचित सबैलाई परिषदका केन्द्रिय अध्यक्ष खोपनिधि लोहनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google