काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
'हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,' ओलीले फेसबुकमा लेखेका छन्, 'सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।' एमाले अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google