प्रचण्डलाई गोरखा २ छाड्नु गम्भीर गल्ती भएकाे बाबुरामको निष्कर्ष

दर्पण दैनिक २८ माघ २०८१,१३:२५
post

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार हुन दिनु नै गम्भीर गल्ती भएको निष्कर्ष निकालेका छन् । आइतबारदेखि काठमाडौंमा जारी प्रथम महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा अध्यक्ष भट्टराईले २०७९ मंसिरको प्रतिनिधि सभा चुनावबारे केही प्रसंग उल्लेख गर्दै आफू चुनाव नलडी गोरखा–२ मा प्रचण्डलाई ठाउँ दिनु नै गम्भीर गल्ती भएको बताएका हुन् ।

‘२०७९ असारमा ‘नेपाल समाजवादी पार्टी’ को रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रुपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल ।’

प्रचण्डलाई गोरखा २ छाड्नु आफुहरुको गल्ती भएको समेत उनले उल्लेख गरेका छन् । ‘प्रचण्डलाई गोरखा–२ छोड्नु हाम्रो नेतृत्वको सदासयतापूर्ण उदारवादी कमजोरी थियो । पछि बेइमानीपूर्ण र मूल्यहीन सत्तादेखि सत्तासम्मको राजनीति गर्नेहरूले भ्रम फैलाएझैं त्यहाँ अरू कुनै अपारदर्शी समझदारी वा लेनदेन केही थिएन,’ भट्टराईको दाबी छ, ‘वैचारिक–राजनीतिक ढंगले माओवादी आन्दोलनको अध्याय नेपालमा पूरा भइसक्यो, अब नयाँ युगको यात्रा नयाँ ढंगले गर्नुपर्छ भनेर स्वेच्छिक र खुला रुपमा नयाँ वैकल्पिक राजनीतिक अभियानमा हिँडिसकेका हामीले आफ्नो ऐतिहासिक दायित्व बिर्सेर फेरि पछि फर्कने कुरा असम्भव र कल्पना बाहिरको कुरा हो।’

उनले षड्यन्त्र र जालझेलमा पोख्त र क्रान्तिकारी निष्ठा र आदर्शबाट स्खलित भएकाहरूसँग निकट हुनु हुन्न भन्ने पाठ यसबाट सिकेको पनि उल्लेख गरेका छन् । भट्टराईले गोरखा २ प्रचण्डलाई छाडेर तत्कालीन सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ मा छोरी मानुषी यमी भट्टराईलाई साझा उम्मेदवार बनाएका थिए । तर, मानुषी चुनावमा पराजित भएकी थिइन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: