रविलाई मन्त्रिपरिषद्‍‍बाट अलग राख्न जवाफदेहिता निगरानी समितिकाे माग

दर्पण दैनिक २४ फाल्गुन २०८०,१४:४४
post

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोमा अधिकारकर्मीले कडा विरोध जनाएका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाइँले विहीबार जारी गरेको विज्ञप्तिमा सहकारी जस्तो गम्भीर विषयमा पीडितले लामिछानेविरुद्ध दिएको उजुरीमाथि नेपाल प्रहरीले गरिरहेको अनुसन्धान टुंगो नलाग्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएकोप्रति आपत्ति जनाइएको छ ।

‘गृह मन्त्रालयमा भएको रवि लामिछानेको नियुक्तिले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ् इन्ट्रेस्ट) को स्थिति पैदा गरेको छ । साथै, यो नियुक्ति प्रतिनिधिसभा निर्वाचनपछि तेस्रोपटक गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुरूदेखि ‘सुशासन’ को प्रत्याभूति गर्ने भनी दिएको सार्वजनिक कथन र सांसद रवि लामिछानेले निष्पक्ष अनुसन्धान तथा सुशासनका पक्षमा बारम्बार दिँदै आएका अभिव्यक्तिको विपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नियुक्तिले लामिछानेमाथिको अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने र प्रहरी संगठनले गर्ने अनुसन्धानको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न उठी कानूनी शासनमा गहिरो क्षति पुग्ने निश्चित रहेको भन्दै विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको न्यायिक हक र लोकतन्त्रका आधारभूत सिद्धान्त विपरीत भई सहकारी पीडितको न्यायिक हकमथि प्रत्यक्ष प्रभाव पर्नेगरी गृह मन्त्रालयमा भएको लामिछानेको नियुक्तिप्रति समिति विरोध जनाउँछ’ भनिएको छ ।

‘गृह मन्त्रालय मातहतमा नेपाल प्रहरी संगठन रहेको र यसका अनुसन्धानकर्ता पनि गृहमन्त्रीको प्रत्यक्ष नियन्त्रण वा प्रभावमा हुने तथा सम्बन्धित उजुरीमाथि भयरहित रूपमा निष्पक्ष एवं स्वतन्त्र छानबिन गर्ने वातावरण नरहने पनि समितिले ठानेको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सहकारी पीडितको न्यायप्रति गम्भीर भएको अनुभूति दिलाउन र आमनागरिकलाई आश्वस्त पार्न एवं कानूनी शासनको प्रत्याभूति गर्न लामिछाने विरुद्धको न्याय प्रक्रिया टुंगो नलागेसम्म गृह मन्त्रालयको जिम्मेवारीबाट मात्र नभई मन्त्रिमण्डलबाटै अलग राख्न एवम् यस्ता गल्ती पटक–पटक नदोहोर्याउन समितिले सचेत गराएको छ ।

नेपाल पक्ष भएको भ्रष्टाचारविरुद्धको महासन्धिअन्तर्गत सृजित दायित्वअनुरूप ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी नयाँ कानून तत्काल निर्माणको पहल गर्न पनि समितिले माग गरेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: