थप मन्त्रीहरुको नाम टुङ्ग्याउन कांग्रेसको बैठक बस्दै

दर्पण दैनिक १९ चैत्र २०७९,०७:०३
post

काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बिस्तारका क्रममा आफ्नो कोटा अनुसार मन्त्रीको नाम पठाउन नकसकेको नेपाली काँग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आजको उक्त बैठकले थप मन्त्रीहरु को–कस्लाई मन्त्रीमा पठाउने भन्ने विषयमा छलफल गर्नेछ ।

काँग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्री मात्रै पठाएको थियो । पार्टीभित्रै आन्तरिक कलह देखिएपछि मन्त्रीहरुको नाम पूर्णरुपमा प्रधानमन्त्रीकोमा पुगेको थिएन ।

आज बिहान १० बजे बस्ने केन्द्रीय सम्पादन समितिको बैठकले थप चार मन्त्रीको नाम तय गर्ने प्रयास गर्नेछ ।

पार्टीभित्रकै गुटहरुका कारण मन्त्री छनौँटमा समस्या पर्दा चारजना मन्त्री मात्रै पठाउन सभापति शेरबहादुर देउवा बाध्य भएका थिए ।

काँग्रेसको कोइराला पक्षधर मन्त्रालयप्रति असन्तुष्टि जनाए जनाउँदै सम्मानजनक हिस्सेदारीको माग गरिरहेको छ ।

त्यस्तैगरी आजको काँग्रेस केन्द्रीय सम्पादन समिति बैठकले बारा – २ मा हुने उपनिर्वाचनको उम्मेदवार पनि टुंगो लगाउँदैछ ।

उपनिर्वाचन हुने अन्य क्षेत्रमा काँग्रेसले उम्मेदवार टुङ्गो लगाइसकेको भएपनि बारा– २ मा भने उम्मेदवार चयन गरिसकेको छैन ।

काँग्रेसले उक्त क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्नसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९