
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आगामी महासमितिको बैठकमा कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने तयारी गरेका छन् । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमिति बैठकमा नेता शाहीले कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने जानकारी दिएका हुन् । उनले भने– ‘बिभिन्न जिल्ला र क्षेत्रका महासमिति सदस्यहरुसँग विशेष छलफल र बिचार विमर्श गरेर नेपाली कांग्रेसको आगामी महासमितिको बैठकमा नेपाली कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्दै छु ।’
यी हुन् कांग्रेस महासमितिको बैठकमा युवा नेता शाहीले राख्ने संकल्प प्रस्तावका १५ बुँदा
‘पार्टी महासमिति बैठकका लागि १५ बुँदे प्रस्ताव’
१. कामका आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी – पार्टीमा योगदान र कामका आधारमा मूल्याङ्कन हुनुपर्छ । ‘गुटका आधारमा होइन कि उसले कति काम गरेको छ ? त्यसका आधारमा मूल्याङ्कन गर्ने प्रणालीको व्यवस्था गर्न जरुरी छ । कुनै पनि पदीय जिम्मेवारी दिंदा पनि व्यक्तिको अनुहार हेरेर होइन, उसको दक्षता र क्षमताका आधारमा दिनुपर्छ । ‘कसैलाई काखा र कसैलाई पाखा नगरौं’ व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज र नेता होइनः नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिको सुरुवात गर्न नेपाली कांग्रेसले ढिलो गर्नुहुन्न । पार्टीमा विकृति, विसङ्गतिको अन्त्य गरी विधि, नियम, प्रक्रिया र सामूहिकताको आधारमा चल्नुपर्छ ।
२. सम्पत्ति छानबिनका आयोग गठन – अहिले देश भ्रष्टाचारले आक्रान्त छ । जतासुकै भ्रष्टाचारका काण्डले जनतामा निकै आक्रोस बढेको छ । भ्रष्टाचारका बिरुद्ध नेपाली कांग्रेसले नै अगुवाइ गरेर पञ्चायतकालदेखि गणतन्त्र अहिलेसम्म सार्वजनिक पदमा बसेका नेतादेखि कर्मचारीसम्मका सम्पत्ति छानबिनका लागि एक आयोग गठन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्छ ।
३. युवा विदेश पलायन र रोजगारी – रोजगारीको अभावमा लाखौँ युवाहरु विदेशिन बाध्य बनेका छन् । युवाको भविष्य, बेरोजगारी र देशमा युवा जनशक्तिको अभावका विषयमा पार्टीले गम्भीर रुपले छलफल गर्नु पर्दछ । अहिले ‘कांग्रेस सरकारमा छ, त्यसैले कांग्रेस को विशेष पहलमा हजारौ रोजगारीको सिर्जना गरौं र युवालाई स्वदेशमै बस्ने वातावरण बनाऔं’, विश्वको जुनसुकै कुनामा पुगेका नेपालीहरुको सुरक्षा, संरक्षण र उनीहरुको सफल भविष्यका लागि विशेष संयन्त्र खडागरी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । विदेशमा गएर नेपालीले आर्जन गरेको अनुभव, पुँजी, ज्ञान र सीप नेपालमा भित्र्याएर समृद्ध राष्ट्र बनाउन कांग्रेसले विशेष पहल गर्नुपर्छ । उधमशिलताको विकास गरि युवाहरुलाई नवप्रवर्तनमा जोडिन हौसला, प्रेरणा, पुँजीमा पहुच, कानुनी सहजिकरण र व्यवसयिक वातवरण निर्माणको लागि कांग्रेसले विशेष अग्रसरता लिनुपर्छ । कोरोना महामारी र अहिलेको आर्थिक संकटको कारण रोजगारी गुमाएका मजदुर र अप्ठ्यारोमा परेका तथा मिटरब्याजपीडित, साना व्यापारी, उद्योगी र व्यवसायीहरुका लागी तत्काल राहत प्याकेज घोषणाको लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ । अर्थतन्त्र मजबुत बनाउने विशेष कार्यक्रमहरू सञ्चालन गर्न सरकारलाई दबाब दिनुपर्छ । कांग्रेसले नै आर्थिक समृद्धिको नेतृत्व लिन सक्नेगरी अगाडि बढ्नुपर्छ ।
४. जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री – अहिलेको मिश्रृत निर्वाचन प्रणालीले अस्थिरता सृजना मात्रै गर्यो । प्रधानमन्त्रीको ध्यान देशको विकास र समृद्धी भन्दा पनि आफ्नो पद जोगाउन गठबन्धनका सर्तहरु मानेर संसदमा बहुमत जुटाउन मै सम्पूर्ण समय खेर गएको देखिन्छ । वर्ष–वर्षमा सरकार परिवर्तनको फोहोरी खेल चलिराख्दा जनपेक्षित काम सरकारले गर्न सकिरहेको छैन । एउटा प्रधानमन्त्रीले आफ्नो सोच विचार, भिजन, योजना अनुसार काम सुरु गर्न नपाउदै सरकार ढल्ने अवस्था आउछ । त्यसैले स्थिर सरकार, तीव्र विकास, भ्रष्टाचार नियन्त्रण र बलियो सरकार निर्माणको लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाका विषयमा पनि छलफल गरिनुपर्ने आवश्यकता एकदमै भैसकेको छ । ‘पाँच वर्ष ढुक्कसँग आफ्नो भिजन र योजना अनुसार काम गर्न कार्यकारी प्रधानमन्त्री व्यवस्था पो उपयुक्त हो कि, अब छलफल गरौं’ । यसैगरि ‘प्रतिनिधि सभा को निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक देखिन्छ। अब ‘प्रतिनिधि सभाको निर्वाचनमा सबै सिट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न जरुरी छ । अनि ‘राष्ट्रिय सभा’ मा समानुपातिक र समावेशी गरौं ।
५. अवसरको समान र न्यायोचित वितरण – पार्टीभित्र कुनैपनि अवसरको समान र न्यायोचित वितरण हुनुपर्छ । सधैँ एउटै व्यक्तिले मात्रै अवसर पाउने, ‘एकै मानिस सधैँ मन्त्री र सांसद हुने, सिमित मान्छेको मात्रै हालिमुहालि हुने, दुख संघर्ष सबैले गर्नुपर्ने तर नेताबाट पुरस्कृत हुने चाँहि सधै उही एउटै अनुहार हुने प्रवृत्तिले पार्टीलाइ कमजोर बनाउछ । अब एक जना मानिस तीन पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरौं । सिमित मानिसको हालीमुहाली हुन रोकौं,’ ‘प्रधानमन्त्री र मन्त्री पनि दुई पटकमात्रै हुन पाउने व्यवस्था गरौं ।’ नेपाली कांग्रेसमा जनताको आकर्षण र युवाको सहभागिता बढाउन अब नया अनुहारलाई पनि संसदमा आउने र देशको नेत्तृत्व गर्ने मौका दिनुपर्छ।
६. आमचुनावको दुई वर्षअघि नै महाधिवेशन – आमचुनावको मुखैमा पार्टीको महाधिवेशन गर्दा पार्टीको आन्तरिक विवाद्ले गर्दा आमचुनावमा असर भएको देखिन्छ । पार्टीको महाधिवेशनमा भएको खिचातानी, वादविवाद र आन्तरिक निर्वाचनको कारणले आपसि मनमुटाव भैरहेको बेला तत्काल आमचुनावमा जानु पर्दा त्यसको गम्भिर असर पर्ने देखिन्छ । त्यसैले आम निर्वाचनलाई असर नगर्ने गरी ‘आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्छ । आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गरेर एकताबद्ध रुपमा तत्काल राष्ट्रीय निर्वाचनको तयारिमा जुट्नु पर्छ ।
७. वडा अधिवेशन दुई दुई वर्षमा गर्नु पर्ने – पार्टी संगठनको ढाँचा पनि केही परिवर्तन गर्नुपर्ने देखिन्छ । पार्टीको वडा अधिवेशन दुई वर्षको अन्तरालमा गर्दा नेतृत्व विकास र चलायमान हुन्छ । केन्द्रीय महाधिवेशन सम्पन्न गर्नको लागि देशैभरिका प्रतिनिधिहरु भेला हुन समय लाग्ला, तयारी गर्नुपर्ला त्यो ठिकै हो, तर एउटा वडाको अधिवेशनको लागि पाँच पाँच वर्ष कुरेर संगठनलाई जाम गरेर राख्नुभन्दा दुई–दुई वर्षमा वडा अधिवेशन गर्दा वडाको संगठन गतिशिल हुनुका साथै नयाँ र उर्जाशिल नेत्तृत्वले समुदाय तहमा पार्टीलाइ शसक्त, बलियो र प्रभावकारी बनाउन विशेष भुमिका निर्वाह गर्छन् । केन्द्रीय महाधिवेशन हुने वर्ष मात्रै क्षेत्रीय प्रतिनिधि छान्ने र महाधिवेशन नहुने वर्ष वडा सभापति र वडा कार्यसमितिको मात्र चयन गर्दा पार्टी चलायमान र स्थानीय तहमा नेतृत्व विकास गर्ने अवसर प्राप्त हुन्छ । जसले गर्दा पार्टीको मेरुदण्डको रुपमा रहेको स्थानीय तहको संगठन बलियो हुने वातवरण तयार हुन्छ ।
८. जातीय धार्मिक विवादमा – जात र धर्मका नाममा राजनीति गर्ने र जातीय धार्मिक विवादमा कांग्रेस फस्ने काम गर्नु हुँदैन । कुनै पनि विवादमा पर्ने विषयमा कांग्रेस गम्भिर बन्नु पर्छ । धर्म भनेको मान्छेको आस्था र विस्वासको कुरा हो त्यसैले धर्मको राजनीतिकरणबाट कांग्रेसलाई मुक्त राख्नु पर्छ । तर बहुसङ्ख्यक जनताको भावनामाथि कांग्रेसले चोट पुर्याउने काम कदापि गर्नु हुदैन ।
९. सत्ता केन्द्रित होइन जनता केन्द्रीत पार्टी – पार्टीलाई सत्ता केन्द्रित होइन नागरिक केन्द्रित बनाउनु पर्छ। नेताको अर्जुनदृष्टि कुर्सीमा हुनुभन्दा जनताको समस्यामा अर्जुनदृष्टि हुनु पर्यो । ‘पार्टी सत्ता, शक्ति र कुर्सी केन्द्रित हुनु भएन । नागरिकका सवालमा पार्टी खरो ढंगबाट अघि बढ्नुपर्छ,’ ‘आज नागरिकले महँगी र मुल्यवृद्धीको मार खेपिरहनु परेको छ । किसानले मल नपाउने, विद्यार्थीले पुस्तक नपाउने, युवाले रोजगारी नपाउने अनि नागरिकता लिनेदेखि पास्पोर्ट बनाउने ठाँउ र कर बुझाउनसम्म कष्टपूर्ण लाइन बस्नुपर्छ । नागरिकको यो अवस्थाको अन्त्य कहिले हुन्छ ? हाम्रो पार्टी अहिले सरकारमा भएर पनि प्रभावकारी भुमिका निर्वाह गर्न सकेको देखिन्न । नागरिकको दैनिक जिवनयापन सरल र सहज बनाउन विशेष ध्यान दिनुपर्छ । साथै पार्टी शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला र गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा वैचारिक जागरण अभियान सुरु गर्न जरुरी छ ।
१०. भातृसंस्थाको यथाशिघ्र महाधिवेशन – भातृसंस्थाहरु कांग्रेसका मेरुदण्ड हुन् । कांग्रेसका नर्सरी र संगठनका मुलाआधार हुन् । तर अहिले महाधिवेशन नगरेर तदर्थवादबाट चलाउन खोज्दा संगठन कमजोर बन्न पुगेको छ । त्यसैले तत्काल भातृसंस्थाहरुको महाधिवेशन गरेर पदधिकारिसहित गतिशिल, उर्जाशिल र कर्मशिल नेत्तृत्व चयन गर्न ढिलो गर्नु हुन्न ।
११. नो गठबन्धन – सिद्धान्तहीन, विचारहीन, गठबन्धन गर्नु हुन्न भन्ने आमकार्यकर्ताको आवाज हुँदाहुँदै पनि सत्तालाई मात्रै ध्यान दिएर बनेको बृहत् गठबन्धनले सोचेजस्तो परिणाम आउन सकेन् । त्यसैले निर्वाचन समिक्षाका लागि टालटुले पारामा होइन, गहिराइमा पुगेर छलफल गर्नु जरुरी छ । अब आइन्दा अरुको बैसाखी नटेकी आफ्नै बलमा निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ ।
१२. सहिद परिवारलाई सम्मान – सहिद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको सुनिश्चितता गरिनुपर्छ ।
१३. ‘एक व्यक्ति एक जिम्मावारी’ – समानुपातिकबाट एकपटक सांसद बनेकालाई कुनै पनि हालतमा दोहोर्याउनुहुँदैन । पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने, तेहरिने अवस्थाको अन्त्य गर्नुपर्छ । एउटै व्यक्तिलाई भएभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँट हुनुपर्छ । अब पार्टीमा ‘एक व्यक्ति एक जिम्मावारी’ हुनुपर्छ ।
१४. निर्वाचनमा टिकट वितरण निष्पक्ष – निर्वाचनमा टिकट वितरण गर्दा अनैतिक चलखेल नगरी केन्द्रको हस्तक्षेप पूर्णतः बन्द गर्नुपर्छ । स्थानीय तहको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितिले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नुपर्छ ।
१५. युवामैत्री पार्टी — युवाहरूको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ । नेपाली कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ ।















































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google