
काठमाडौं । काठमाडौं जिल्लामा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु चक्रपथभित्रको सम्पूर्ण क्षेत्रलाई लक्षित गरिएको छ । आदेशअनुसार बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमतीपुलसम्मको भौगोलिक क्षेत्रभित्र मानिसहरूको आवतजावत र कुनै पनि प्रकारका भेला, जुलुस, सभा, प्रदर्शन र बैठक पूर्ण रूपमा निषेध गरिएको छ ।
कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, साथै हवाई टिकट देखाउने यात्रुहरूलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार कर्फ्यु तोड्ने जो कोहीमाथि कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)






























































































































































































































































































.jpg)












































































































































.jpg)























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google