नेविसंघले टिकट नदिएका सुशील विष्ट पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा विजयी

दर्पण दैनिक २६ चैत्र २०७९,०८:३२
post

काठमाडाैं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। 

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन् । उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए । 

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गते नै हुनुपर्ने स्ववियु चुनाव पछि सरेको थियो । उम्मेदवार चयनमा सहमति नभएपछि नेविसंघका एकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरुमा विष्टलाई नै टिकट दिएका थिए । तर पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि त्यहाँ नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९