काठमाडौं । बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सरकार, गृह मन्त्रालयको प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच छलफल गरी सहमति गरिएको हो । मृतकका परिवारलाई रोजगारीदेखि सहिद घोषणाको पहलसम्म पर्ने सहमति बनेको छ ।
मृतकको शव आजै बुझेर सम्बन्धित जिल्लामा पठाउने सहमति पनि भएको छ । यो घटनामा दुई जनाको मृत्यु भएको थियो । यसको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ ।
सहमति
१. मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने।
२. सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने।
३. मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने।
४. मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google