काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्को भ्रमणबाट स्वदेश फर्किएका छन् । उनी मस्कोमा आयोजित ‘साउथ एशिया इकोनोमिक फोरमको अन्तर्राष्ट्रिय सम्मेलन’ को प्यानल डिस्कसनमा भाग लिन गएका थिए ।
मस्कोमा गत सोमबारदेखि शुक्रबारसम्म रुसी कम्युनिष्ट पार्टीले विश्वका कम्युनिष्ट पार्टीहरुको सम्मेलन आयोजना गरेको थियो । सोही क्रममा आयोजित उक्त प्यानल डिस्कसनमा अध्यक्ष नेपाल सहभागी भएका हुन् ।
सम्मेलनमा नेपाल, चीनलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरु सहभागी भएको बताइएको छ । उनी मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा गत सोमबार राति क्वालालम्पुर हुँदै मस्को गएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google