काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ कार्यकक्षमा सरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पश्चिमतर्फ भागको कार्यकक्षमा प्रधानमन्त्री दाहाल बुधबार दिउँसो सरेका हुन् । नयाँ कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्रै सारिएको होइन, कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले अघि बढ्ने सङ्कल्प छ ।’
२०७२ वैशाख १२ मा भूकम्प जानुअघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पश्चिमतर्फ नै थियो। भूकम्पबाट प्रधानमन्त्री कार्यालयमा क्षति पुगेपछि प्रबलीकरण गरिएको हो । एक सय २० वर्ष पुरानो यो भवनलाई मुल संरचना जस्ताको त्यस्तै राखेर प्रबलीकरण गरिएको थियो ।
‘अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महशुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने । ४२ करोड रुपैयाँ खर्चेर संरचना प्रबलीकरण गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google